Online Nepal
  • सोमबार, २१ जेष्ठ २०८१
  • एकदिवसीय सिरिज : जिम्बावे ‘ए’ टिमविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

    एकदिवसीय सिरिज : जिम्बावे ‘ए’ टिमविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल र जिम्बावे ‘ए’बीचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाली टोली टस हारेर ब्याटिङमा उत्रिएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल साढे ९ बजेदेखि सुरु भएको हो ।

    नेपाल भ्रमणका क्रममा रहेको जिम्बावे ‘ए’सँगको तीन खेलको टी २० सिरिजपछि आजबाट तीन खेलको एकदिवशीय अभ्यास सिरिज सुरु हुन लागेको हो ।



    तीन खेलको टी-२० शृंखलापछि यी दुई टोली एकदिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी-२० शृंखलामा दुवैले एक-एक खेल जित्दै शृंखला बराबरी गरेका थिए । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।



    एकदिवसीय खेलका लागि नेपाली टिममा केही परिवर्तन समेत गरिएको छ । कप्तान सन्दिप लामिछानेसँगै स्पीनरद्वय सागर ढकाल र सुशन भारी पहिलो रोजाइमा खेल्दैछन् ।

    नेपाली टिम

    कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, मोहम्मद आदिल आलम, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, शुसन भारी, सागर ढकाल

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार