Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • १६ वर्षीय किशोरीलाई बाँसघारीमा जवर्जस्ती करणी गरेको अभियोगमा २३ वर्षीय युवक पक्राउ

    १६ वर्षीय किशोरीलाई बाँसघारीमा जवर्जस्ती करणी गरेको अभियोगमा २३ वर्षीय युवक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 1.5K
    SHARES

    सांकेतिक तस्बिर

    उदयपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–४ कटारी बस्ने २३ वर्षीय रविन मगर रहेका छन् ।

    मगरले ती किशोरीलाई सोही नगरपालिका–४ स्थित बाँसको झ्याङमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार मगर शुक्रबार दिउँसो पक्राउ परेका हुन् । पक्राउ परेका मगरमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार