Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विप्लव एमालेसँग नजिकिएपछि नयाँ पार्टी बनाएको बास्तोलाको भनाई

    विप्लव एमालेसँग नजिकिएपछि नयाँ पार्टी बनाएको बास्तोलाको भनाई

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका असन्तुष्ट पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत)गठन गरेको छ ।

    पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै नयाँ पार्टीको औपचारिक रुपमा घोषणा गरेको हो ।



    पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।



    कतिपय केन्द्रीय सदस्यहरुलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नुपरेको संयोजक बास्तोलाले बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार