Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सवारी ज्यान मुद्दामा हिरासतमा रहेका बास्तोला ७० हजार धरौटीमा रिहा

    सवारी ज्यान मुद्दामा हिरासतमा रहेका बास्तोला ७० हजार धरौटीमा रिहा

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला धरौटीमा छुटेका छन् । सवारी ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका बास्तोला ७० हजार धरौटीमा रिहा भएका हुन् ।

    दाङ जिल्ला अदालतले शुक्रबार थुनछेक बहसमा बास्तोलालाई धरौटीमा छोड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



    दाङकी जिल्ला न्यायाधीश ताराकुमारी शर्माको एकल इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको हो । एसपी केसीका अनुसार धरौटी राखेर बास्तोला शुक्रबारनै छुटेका छन् ।



    पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गे नजिकै बास्तोलाले चलाएको बा९च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार