Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मोटरसाइकलको ठक्करबाट मृत्यु प्रकरण : नेता बाँस्तोला ९ दिनदेखि प्रहरी हिरासतमा

    मोटरसाइकलको ठक्करबाट मृत्यु प्रकरण : नेता बाँस्तोला ९ दिनदेखि प्रहरी हिरासतमा

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 1.1K
    SHARES

    दाङ । नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी) का प्रवक्ता धर्मेन्द्र बाँस्तोला नौ दिनदेखि प्रहरी हिरासतमा रहेका छन् । उनी दाङस्थित इलाका प्रहरी कार्यालय भालुबाङ्गको प्रहरी हिरासतमा राखिएका हुन् ।

    नेता बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि सवारी ज्यान मुद्दाको अनुसन्धानका उनलाई हिरासत राखिएको बताइएको छ ।



    दशैं मनाउन सुर्खेत जानेक्रममा बाँस्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।



    घटनालगतै प्रहरीले नेता बाँस्तोलालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

    दशैं बिदाका कारण कात्तिक १२ गते मात्रै कार्यालय खुल्ने र त्यसपछि मात्र अदालती प्रक्रियाको काम सुरु हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार