Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • निर्वाचन नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको भाउ आकासियो

    निर्वाचन नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको भाउ आकासियो

    अनलाइन नेपाल
  • मंगलबार, २७ बैशाख २०७९
  • 903
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बजारमा दैनिक अति आवश्यकीय उपभोग्य वस्तुको भाउ आकासिएको छ । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ ।

    खाने तेल, दाल, चामल, गेडागुडीलगायत अन्य खाद्यान्नको मूल्य वृद्धिले भान्सा महँगिएको छ । सरकार निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले विभिन्न बहानामा खाद्यवस्तुको मूल्य बढाउन र कृत्रिम अभाव सिर्जना गर्न थालेका हुन् ।



    बजारमा कालोबजारी मौलाउँदासमेत सरकारका जिम्मेवार निकाय रमिते बनेको आरोप उपभोक्ता अधिकारकर्मीले लगाउँदै आएका छन् ।



    उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बजारमा एलपी ग्यास उद्योग र थोक बिक्रेताबाटै कालोबजारी हुँदासमेत बजार अनुगमनको जिम्मेवार निकाय एक÷दुईवटा खुद्रा पसलेलाई जरिवाना गरेको नाटक मात्रै गरेको आरोप लगाए ।

    उपभोक्ता अधिकारकर्मी माधव तिमल्सेनाले आयातित वस्तुको आयात मूल्य र कारोबार गरिएको मूल्यको अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार