Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मौन अवधिमा पैसा बाँडेको आशंकामा एक जना पक्राउ, ३६० बोतल रक्सी बरामद

    मौन अवधिमा पैसा बाँडेको आशंकामा एक जना पक्राउ, ३६० बोतल रक्सी बरामद

    अनलाइन नेपाल
  • बुधबार, २८ बैशाख २०७९
  • 1K
    SHARES

    काठमाडौं । मौन अवधि सुरू भएपछि पैसा बाँडेको भन्दै सिराहामा स्थानीयबासीले एक जनालाई नियन्त्रणमा लिएका छन् ।

    स्थानीयले गोलबजार नगरपालिका–२ का ६८ वर्षीय माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।



    पैसा बाँडिरहेको शंकामा एमाले समर्थक व्यक्तिहरूले उनलाई नियन्त्रणमा लिएको र पछि प्रहरीले गएर रेस्क्यू गरेको लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले बताए।



    प्रहरीले लामाको गोजीबाट ९ हजार रुपैयाँ बरामद भएको थियो। तर १० हजार रुपैयाँ बाँड्न लागेको भन्दै लिखित उजुरी परेको गोलबजार नगरपालिका निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत शिवप्रसाद आचार्यले जानकारी दिए।

    यसैबीच कपिलवस्तुबाट प्रहरीले १२ कार्टुन रक्सी समेत बरामद गरेको छ। मौन अवधिको समयमा रक्सी किनबेच गर्न निषेध गरिएको बेला रक्सी बरामद गरिएको हो ।

    चेकिङको क्रममा रक्सी ओसारपसार गरिरहेको फेला परेपछि प्रहरीले रक्सी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए।

    कपिलवस्तु नगरपालिका–३ बाट लु १ ज २४१० नम्बरको गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनको गाडीबाट स्टार नामको १२ कार्टुनमा ३६० बोतल रक्सी बरामद भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार