Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्थानीय तह निर्वाचन :

    एकै दिन साढे ८३ हजारले छाडे उपत्यका, आज पनि बाहिरिनेको लर्को

    एकै दिन साढे ८३ हजारले छाडे उपत्यका, आज पनि बाहिरिनेको लर्को

    अनलाइन नेपाल
  • बिहिबार, २९ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । भोली हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न उपत्यकाबाट बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेको छ ।

    पछिल्ला ५ दिनमा मात्रै करिब ३ लाखभन्दा बढी व्यक्तिले सडकमार्ग हुँदै उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकमा उल्लेख छ ।



    महाशाखाका अनुसार बुधबार चुनावका लागि भोट खसाल्न जाने यात्रुको उच्च चाप थियो । बुधबार मात्रै ८३ हजार ६६० जनाले काठमाडौं उपत्यका छाडेका थिए । बुधबार ११ हजार २३३ सवारीले काठमाडौं विभिन्न नाका हुँदै काठमाडौं छाडेका थिए ।



    २७ वैशाखमा मात्रै करिब ५९ हजार ८१ जनाले काठमाडौं छाडेका थिए। २६ वैशाखमा यो संख्या ५० हजार ९३० थियो भने २५ गते ५५ हजार ७४६ जनाले काठमाडौं छाडेका थिए । २४ गते ५३ हजार व्यक्तिले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

    आज पनि नाकाहरुमा बाहिरिने यात्रुको चाप छ । उपत्यका छाड्ने बसहरुमा पनि कोचाकोच गरेर यात्रुहरु घर फर्किएका छन् । काठमाडौंमै स्थायी बसोबास गरिरहेकाहरु पनि भोट हाल्न गाउँ फर्किंदैछन् ।

    आज मध्य रातीबाट यातायात सञ्चालन नहुने हुँदा अहिले पनि उपत्यका छाड्नेहरुको लर्को नै लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार