Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

    पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २९ बैशाख २०७९
  • 1.2K
    SHARES

    जनकपुर । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन्। निर्वाचनका समयमा पैसा बाँडेको अभियोगमा उनलाई धनुषाको जनकपुरधामबाट पक्राउ गरिएको हो।

    सीता शरण होटेलको कोठा नम्बर ३ सय ५ बाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। २०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।



    उनीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको उजुरी परेको थियो जसलाई संसदीय समितिले टुंगोमा पुर्‍याउन नसक्दा स्वतः उनको नियुक्ति सदर भएको थियो।



    अन्सारीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार