Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सभामुखदेखि शीर्ष नेताहरूले यसरी गरे मतदान (फोटोफिचर)

    सभामुखदेखि शीर्ष नेताहरूले यसरी गरे मतदान (फोटोफिचर)

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1K
    SHARES

    काठमाडौं । स्थानीय तह निर्वाचनको दिन आज बिहानदेखि देशभरका अधिकांश स्थानीय तहमा एकै चरणमा मतदान भइरहेको छ ।

    मतदानका लागि बृद्धदेखि युवासम्म बिहानै मतदानस्थलमा पुगेर लाइन बसेर मत खसाल्दै छन् । पूर्वा प्रधानमन्त्रीदेखि, सभामुख र शिर्ष नेताहरुले पनि मतदान गरिरहेका छन् ।



    अहिलेसम्म सभामुख अग्नि सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेता झलनाथ खनाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरूले आआफ्ना मतदान स्थलबाट मतदान गरिसकेका छन् ।



    यसबाहेक काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापित, सिर्जना सिंह, ललितपुरका मेयरका उम्मेदवार चिरिबाबु महर्जन लगायत उम्मेदवारहरूले पनि मतदान गरिसकेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले भने अहिलेसम्म मतदान गरेका छैनन् । भरतपुर महानगरमा गठबन्धनतर्फबाट मेयर उम्मेदवार रेणु दाहाल र विराटनगर महानगरका मेयरका उम्मेदवार नागेश कोइरालाले पनि मतदान गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार