Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न, पहिलेको भन्दा धेरै मत खस्ने अनुमान

    दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न, पहिलेको भन्दा धेरै मत खस्ने अनुमान

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 705
    SHARES

    दोलखा । दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ ।

    मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ ।



    शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएको समेत उनले जानकारी दिए ।



    श्रेष्ठका अनुसार मतदान केन्द्रमा बिहानैदेखि मतदाताको बाक्लो उपस्थिति छ । आज वैतेश्वर गाउँपालिका–२, जनज्योति माध्यामिक विद्यालय पुतलीकाठ मतदान केन्द्र ‘क’ र ‘ख’, सोही गाउँपालिका–३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा पुनः मतदान भइरहेको छ ।

    सोही गाउँपालिका ६ को वैतेश्वर मावि मतदान केन्द्रको ‘क’, ‘ख’ र ‘ग’ तथा तामाकोशी गाउँपालिका–३ हेल्थ पोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुनः मतदान गराइएको हो ।

    गत ४ गते सम्पन्न निर्वाचनमा धाँधली भएको उजुरीपछि निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेको हो । १२ दिनअघिको तुलनामा आजदेखि २ प्रतिशत मत बढी खस्ने अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार