Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • तेह्रथुमको छथर मतदान केन्द्रमा पुन: मतदान गर्ने निर्णय

    तेह्रथुमको छथर मतदान केन्द्रमा पुन: मतदान गर्ने निर्णय

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 723
    SHARES

    तेह्रथुम । तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको छ ।

    छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुनः मतदान गर्ने निर्णय भएको हो ।



    मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफलपछि पुनः मतदान गराउने निर्णय भएको पत्र निर्वाचन आयोगमा पठाएको छ ।



    उक्त मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभा प्रत्यक्षतर्फको मतपत्र दिएको र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिएको खुलेको छ ।

    मतदान केन्द्रको मुचुल्काका आधारमा यहाँ ४३ जनाले दोहोरो मतदान गरेको देखिएको छ ।  उक्त केन्द्रमा ४५६ जनाले मतदान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार