Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नवलपरासी पुर्वको देवचुलीमा मतदान सुरु

    नवलपरासी पुर्वको देवचुलीमा मतदान सुरु

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 756
    SHARES

    नवलपुर । नवलपरासी पुर्वको देवचुली नगरपालिका-४ मा मतदान सुरु भएको छ । कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो ।

    देवचुली नगरपालिका वडा नम्बर ४ को शान्ति श्रृजना आधारभुत विद्यालय झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइदिएपछि मतदान रद्द गरिएको थियो ।



    स्थानीय नारायण भण्डारीले मतदान केन्द्रको प्रदेशतर्फको समानुपातिक मतपेटिका जलाएपछि आइतवार केही समय मतदान कार्य रोकिएको थियो ।



    अबेर साझ संघतर्फको प्रत्यक्ष समानुपातिक र प्रदेश तर्फको प्रत्यक्ष तर्फको मतदान गराइएको थियो ।

    प्रदेश समानुपातिक तर्फको मतदान हिजो रद्द गरी आजका लागि पुन:मतदान गर्ने निर्णय गरिएको थियो । मतदानस्थलमा अहिले सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार