Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • खाली खुट्टा १ घन्टा उकालो हिँडेर किरियापुत्रीले पनि गरे मतदान

    खाली खुट्टा १ घन्टा उकालो हिँडेर किरियापुत्रीले पनि गरे मतदान

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.1K
    SHARES

    मुगु । मुगुमा तीन जना किरियापुत्रीले मतदान गरेका छन् । जिल्लाको खत्याड गाउँपालिका–८ सुकाढिक गाउँका ३ दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका हुन् ।

    उनीहरुले खत्याड गाउँपालिका–८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत बिद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छ्न ।



    आमाको मृत्यु भएको सातौँ दिनमा उनीहरु १ घन्टा उकालो बाटो हिँडेर मतदान गर्न आएका हुन । किरिया बसेका दाजुभाइमा खत्याड गाउँपालिका – ८ सुकाढीकका ५६ वार्षीय कवीराज कार्की, माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्कीले मतदान गरेका छ्न ।



    कान्छा भाइ जयसुर त खाली खुट्टा नै मतदानस्थलमा पुगेका थिए । जेठा दाइ कबिराज कार्की नेपाल टेलिभिजन मुगुका जिल्ला संवाददाता हुन ।

    मतदान स्थल पुगेका कवीराजले ५ वर्षमा एकपट्क आउने स्थानीय तहको चुनावमा राम्रा मान्छेलाई चुन्नु पर्ने भएकोले मतदान गर्न आएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार