Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विप्लवले गर्न पाएनन् मतदान

    विप्लवले गर्न पाएनन् मतदान

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मतदान गर्न पाएनन् । मतदाता नामावलीमा नाम नभएपछि उनी मतदान गर्नबाट बन्चित भएका हुन् ।

    कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएको विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जनाएका छन् ।



    माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यसपटक भने मतदान गर्न भन्दै कपिलवस्तु आइपुगेका हुन् ।



    तर, निर्वाचन आयोगमा आप्mनो नाम नै दर्ता नगरेका विप्लवले भोट हाल्न भने पाएनन् ।

    देशभर शुक्रबार स्थानीय तह निर्वाचन भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार