Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • नासों गाउँपालिकामा कांग्रेसका गुरुङ निर्वाचित, यस्तो छ ९ वटै वडाको मतपरिणाम

    नासों गाउँपालिकामा कांग्रेसका गुरुङ निर्वाचित, यस्तो छ ९ वटै वडाको मतपरिणाम

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । मनाङको नासों गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ८ सय २० मत पाए भने उनका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेका मनबहादुर गुरुङले ६ सय ४८ मत ल्याए ।

    त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ९ सय १३ मत ल्याए भने एमाले समर्थन गरेका स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४ सय ९६ मत ल्याएका छन् ।



    कुनु वडामा को विजयी ?
    वडा नं. १ मा एमालेका मिनराशी गुरुङ १ सय ६४ मतका साथ निर्वाचित भएका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसका ललिता गुरुङले ६७ मत ल्याएकी छन् ।



    वडा नं. २ मा एमालेका रवि गुरुङ १ सय मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्द्वी कांग्रेसका अर्जुन गुरुङले ७८ मत ल्याएका छन् ।

    वडा नं. ३ मा कांग्रेसका निलराम गुरुङ ६८ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्दी एमालेका बीरबहादुर गुरुङले ५७ मत ल्याएका छन् ।

    वडा नं. ४ मा माओवादी केन्द्रका धर्मजंग गुरुङ, वडा नं ५ मा कांग्रेसका थुतेन लामा, वडा नं. ६ मा पुष्पबहादुर गुरुङ र वडा नं. ७ मा ओमबहादुर गुरुङ यसअघि नै निर्विरोध भइसकेका छन् ।

    वडा नं. ८ मा कांग्रेसका याद घले १ सय ९१ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् भने उनका प्रतिद्धन्दी स्वतन्त्रका लिलबहादुर गुरुङले ७८ मत ल्याएका छन् ।

    वडा नं.९ को अध्यक्षमा एमाले उम्मेदवार मिङमर छिरिङ विष्टले ६९ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसका साङगे वाङचुक लामाले ५३ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार