Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • मनाङमा मतगणना सकियो, चारमध्ये २ स्थानीय तहमा एमाले र २ मा कांग्रेस विजयी

    मनाङमा मतगणना सकियो, चारमध्ये २ स्थानीय तहमा एमाले र २ मा कांग्रेस विजयी

    अनलाइन नेपाल
  • शनिबार, ३१ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । मनाङका चारवटै स्थानीय तहको मतगणना सकिएको छ । मनाङका चामे र नेस्याङ गाउँपालिकामा एमालेका अध्यक्ष निर्वाचित हुँदा नासोङ र नार्फ गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    उपाध्यक्षमा भने फरक–फरक पार्टी र स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । मनाङमा कांग्रेसले माओवादी र एमालेले स्वतन्त्र उम्मेदवारसँग चुनावी तालमेल गरेको थियो ।



    चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् । उनले ३ सय २० मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत प्राप्त गरेका थिए ।



    चामेको उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत प्राप्त गर्दा एमालेकी उपाध्यक्ष उम्मेदवार आशाकुमारी गुरुङले २ सय ७४ मतामात्र प्राप्त गरेकी थिइन् ।

    नार्फु गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जीङ लामा निर्वाचित भएका छन् । उनले १ सय ५८ मत ल्याएर निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत ल्याए । नार्पाको उपाध्यक्षमा भने एमालेका मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित भएका थिए ।

    मनाङको तेस्रो स्थानीय तह नासोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ ८ सय २० मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्षमा भने माओवादी केन्द्रका वेदबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ९ सय १३ मत ल्याएका छन् । यो गाउँपालिकामा कांग्रेस र माओवादीको तालमेल थियो ।

    अध्यक्षमा एमालेका मनबहादुर गुरुङ पराजित भएका थिए । उनले ६ सय ४७ मत प्राप्त गरेका थिए । एमालेको समर्थन पाएका उपाध्यक्षका स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले भने ४ सय ९६ मतामात्रै ल्याएका थिए ।

    मनाङ नेस्याङ गाउँपालिका अध्यक्षमा एमालेले जित हासिल गरेको छ । नेस्याङ गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई निर्वाचित भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले)लाई १४८ मतान्तरले पराजित गरेका हुन् ।

    पराजित छिरिङ ओङमा गुरुङ (घले)ले ७ सय १३ मत ल्याएकी छन् । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ निर्वाचित भएका हुन् । एमालेको समर्थन पाएका उनले ७ सय ४४ मत प्राप्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार