Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिके राउतको गृहपालिकामा लोसपाले खोल्यो खाता

    सिके राउतको गृहपालिकामा लोसपाले खोल्यो खाता

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको गृहपालिकामा लोसपाले पहिलो जित हासिल गर्दै खाता खोलेको छ ।

    अध्यक्ष राउतको गृहपालिका सप्तरीको महादेवा गाउँपालिकामा लोसपाका उम्मेदवार सुनिलकुमार मण्डल विजयी भएका हुन् । मण्डलले ४ हजार ५७० मत प्राप्त गर्दै विजयी हासिल गरेका छन् ।



    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपककुमार यादवले २ हजार २०५ मत प्राप्त गरे । त्यस्तै, जसपाका शिवनन्दन यादवले १ हजार ७४२ मत पाएका छन् । यस्तै जनमतका उम्मेदवार जगनाथ मण्डलले १ हजार ३४१ मत मात्र ल्याएका छन् ।



    त्यस्तै, उपाध्यक्षमा पनि लोसपाकै अर्चनाकुमारी यादव ३ हजार ८६७ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सषु्माकुमारी मण्डलले २ हजार २५३ मत ल्याएकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार