Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका खाँण र उपमेयरमा एमालेकी चौधरी विजयी

    तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका खाँण र उपमेयरमा एमालेकी चौधरी विजयी

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका छन् ।

    उनले नेकपा एमालेका उमेदवार मोहन चापागाईंलाई ७६५ मतान्तरसहित पराजित गरेका हुन् । खाँण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन् ।



    खाँणले २४ हजार ३९६ मत ल्याएर नगर प्रमुखमा विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका चापागाईंले २३ हजार ६३१ मत प्राप्त गरे ।



    त्यस्तै, उपमेयरमा भने फराकिलो मतान्तरसहित नेकपा एमालेकी जागेश्वरीदेवी चाधरी विजयी भएकी छन् । चौधरीले २३ हजार ८६ मत प्राप्त गरी उपप्रमुखमा निर्वाचित भएकी हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हेमलाल पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकाको मेयर र उपमेयर दुवै एमाले विजयी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार