Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • वडाध्यक्षलाई स्वीमिङ पुलमा खसाल्ने डीएसपीमाथि कारवाही गर्न एमालेको माग

    वडाध्यक्षलाई स्वीमिङ पुलमा खसाल्ने डीएसपीमाथि कारवाही गर्न एमालेको माग

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 1.4K
    SHARES

    रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एक वडाध्यक्षलाई पौडी पोखरीमा धकेल्ने प्रहरी अधिकारीलाई नेकपा एमालेले कारबाही गर्न माग गरेको छ ।

    आइतबार नगरसभा स्थगित गरेको विरोधमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका थिए ।



    त्यस क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेल्दै मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा चोबलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।



    डीएसपी केसीले कांग्रेस नेताको निर्देशनमा वडाध्यक्षसहितका जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै एमाले निकट विभिन्न संगठनहरूले विरोध गरिरहेका छन् । नगरपालिकाले आजको लागि बोलाएको नगरसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार