Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • वडाध्यक्षलाई स्वीमिङ पुलमा खसाल्ने डीएसपीलाई सोधियो स्पष्टीकरण

    वडाध्यक्षलाई स्वीमिङ पुलमा खसाल्ने डीएसपीलाई सोधियो स्पष्टीकरण

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 1.2K
    SHARES

    रूपन्देही । बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी मुख्यालयले स्पष्टीकरण सोधेको छ ।

    रूपन्देहीको तिलोत्तमा नगरपालिका– ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई प्रहरीले पौडीपोखरीमा धकेलेको भिडियो भाइरल भएपछि मुख्यालयले स्पष्टीकरण सोधेको हो।



    बुटवलका प्रहरी नायब उपरीक्षक डिएसपी केसीले वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडीपोखरीमा धकेलिदिएपछि चौतर्फी आलोचना भएको थियो । डिएपी केसीले तिलोत्तमा नगरसभाको विषयलाई लिएर भएको विवादका क्रममा वडाध्यक्ष क्षेत्रीलाई धकेलेका थिए ।



    ठेलाठेलका क्रममा एमालेबाट निर्वाचित वडाध्यक्ष क्षेत्रीलाई डिएसपी केसीले पोखरीमा धकेलिदिएका थिए । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार