Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काठमाडौं महानगर–१४ को अध्यक्षमा कांग्रेसका सुमन श्रेष्ठ विजयी

    काठमाडौं महानगर–१४ को अध्यक्षमा कांग्रेसका सुमन श्रेष्ठ विजयी

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ को अध्यक्षमा नेपाली कांग्रेसका सुमन श्रेष्ठ निर्वाचित भएका छन् ।

    उनले तीन हजार ४४२ मतसहित निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी रश्मि खड्काले तीन हजार ३४६ मत प्राप्त गरिन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका आनन्द प्रसाद श्रेष्ठले एक हजार १८२ मत पाए ।



    वडा नम्बर १४ सँगै कांग्रेसले काठमाडौंका १९ वडा जितेको छ । योसँगै काठमाडौ महानगरपालिकाको मत गणना पनि सकिएको छ । वैशाख ३१ गते दिउँसोबाट राष्ट्रिय सभागृहमा सुरु भएको मतगणना १३औं दिनमा बिहीबार राति ९ बजे सकिएको हो ।



    पछिल्लो मतपरिणामअनुसार मेयरमा लौरो चिह्नबाट स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोल विजयी भएका छन् । केही बेरमा औपचारिक घोषणा गर्ने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार