Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बलात्कार सम्बन्धी कानून संशोधन गर्न आरजु राणाले गरिन् संसद्लाई अनुरोध

    बलात्कार सम्बन्धी कानून संशोधन गर्न आरजु राणाले गरिन् संसद्लाई अनुरोध

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा.आरजु राणा देउवा बलात्कार सम्बन्धी कानून संशोधन गर्न माग गरेकी छन् । बलात्कार सहेर बाँचेकाहरूलाई आफ्नो पीडाबारे सार्वजनिक रूपमा बोल्न समय लाग्ने भन्दै उनले यस्तो माग राखेकी हुन् ।

    सुन्दरी प्रतियोगितामा सहभागी एक युवतीलाई आठ वर्षअघि सञ्चालकले नै बलात्कार गरेको घटना सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि राणाले बलात्कार सम्बन्धी कानून संशोधन गर्न संसद्लाई अनुरोध गरेकी हुन् ।



    उनले लेखेकी छन्-‘बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्छन् । उनीहरूका लागि जिन्दगीको सबैभन्दा त्रासद् क्षणमा पुगेर समयको घडी ठप्प रोकिएजस्तो हुन्छ । यसैले, बलात्कारको पीडाबारे बोल्ने र कानूनी उपचार खोज्ने कुनै समय सीमा हुनु हुँदैन । बलात्कार सहेर बाँचेकाहरूलाई आफ्नो पीडाबारे सार्वजनिक रूपमा बोल्न समय लाग्छ । न्यायको लडाइँ सुरू गर्ने साहस जुटाउन धेरै वर्ष पनि लाग्न सक्छ ।’



    जबरजस्ती करणी सम्बन्धी कसूरमा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने हदम्याद छ । जसकारण उनले न्याय नपाउने अवस्था भएको भन्दै आलोचना भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार