Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सौन्दर्य प्रतियोगितामा बलात्कार : छानविन गर्न एसएसपीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन

    सौन्दर्य प्रतियोगितामा बलात्कार : छानविन गर्न एसएसपीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 837
    SHARES

    काठमाडौं । सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीमाथि आठ वर्षअघि भएको बलात्कारसम्बन्धी घटनाको छानविनका लागि समिति गठन भएको छ ।

    भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको हो ।



    केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा बलात्कारको सिकार भएको गुनासो सहित प्रकाशित भिडियोबारे गृह मन्त्रालयले ध्यानकर्षण भएको जनाएको छ ।



    प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुँडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार