Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • जलेश्वर नगरपालिकाको मेयरमा जसपाका सुरेश र उपमेयरमा रौशन खातुन विजयी

    जलेश्वर नगरपालिकाको मेयरमा जसपाका सुरेश र उपमेयरमा रौशन खातुन विजयी

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालले विजयी भएको छ ।

    मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार आज अबेर साँझ सम्पन्न अन्तिम मतगणना परिणामअनुसार जलेश्वरको प्रमुखमा जसपा नेपालका सुरेश साह सोनारले सात हजार ३०४ मत ल्याएर विजय प्राप्त गरेका छन् ।



    उनका निकटतम् प्रतिद्वन्द्वी लोसपा नेपालका रामशंकर मिश्रले पाँच हजार ४३० मत ल्याएका हुन् ।



    त्यसैगरी जलेश्वरको उपप्रमुखमा पनि जसपा नेपालकै रौशन खातुनले पाँच हजार ८२१ मत ल्याएर विजय प्राप्त गरेको हो भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मुनचुन देवीले चार हजार ८९३ मत प्राप्त गरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार