Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बलात्कार आरोपमा पक्राउ परेका पाण्डेविरुद्ध मानव बेचविखनमा मुद्दा चलाउने तयारी

    बलात्कार आरोपमा पक्राउ परेका पाण्डेविरुद्ध मानव बेचविखनमा मुद्दा चलाउने तयारी

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । आठ वर्षअघि एक सौन्दर्य प्रतियोगिताका क्रममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्धको अनुसन्धान जारी छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयले उनले हिजो स्वयम्भूबाट पक्राउ थियो । उनीविरुद्ध कस्तो प्रकृतिको मुद्दा लगाउने भन्नेबारे प्रहरीले कानुनी परामर्श थालेको एक उच्च प्रहरी अधिकारीले बताए ।



    उनका अनुसार बलात्कारसम्बन्धी मुद्दाको हदम्याद एक वर्ष मात्रै हुने भएकाले अरू के मुद्दा आकर्षित हुन्छ भन्नेबारे कानुनी परामर्श भइरहेको छ ।



    सम्भवतः पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपोसार मुद्दामा म्याद थप गर्ने तयारी छ । आज सरकारी बिदा भएकाले सोमबार मात्रै म्याद थपलगायत प्रक्रिया सुरु गर्ने प्रहरीले जनाएको छ ।

    पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । पाण्डेकै समूहले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेसनल नामक प्रतियोगिता आयोजना गरेको थियो । सोही क्रममा प्रतियोगिता सकिएपछि सफलताको पार्टी दिने भन्दै एक प्रतियोगीलाई नयाँ बानेश्वरको एभरेस्ट होटेलमा बोलाएर बलात्कार गरेको आरोपसहितको भिडियोपछि उनलाई पक्राउ गरिएको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार