Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बाख्रा चराउन गएकी किशोरी मृत फेला

    बाख्रा चराउन गएकी किशोरी मृत फेला

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 786
    SHARES

    फाइल तस्विर

    ताप्लेजुङ । बाख्रा चराउन जङ्गल गएकी किशोरी आज मृत भेटिएकी छिन् ।

    फुङलिङ नगरपालिका–३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी साँझसम्म नफर्किएपछि परिवारका सदस्य खोजीमा निस्किएका थिए ।



    बाख्रा बाटोमा भेटेपछि सशङ्कित उनीहरुले खोजी गर्ने क्रममा मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयवासीले जनाएका छन् । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार