Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • वागमतीको नीति तथा कार्यक्रम सोमबार ल्याउने तयारी

    वागमतीको नीति तथा कार्यक्रम सोमबार ल्याउने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 882
    SHARES

    काठमाडौं । वागमती प्रदेशको नीति तथा कार्यक्रम सोमबार आउने भएको छ ।

    प्रदेशसभा सचिवालयमा बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नीति तथा कार्यक्रम जेठ १६ गते सोमबार ल्याउनेमा सहमति भएको हो ।



    जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादबचन्द्र शर्माले प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।



    सोही दिन बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबुल गर्ने र जेठ १७ गते छलफल हुने कार्यसूची तय भएको छ ।

    जेठ १८ गते छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार