Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आँगनमा खेलिरहेका बालकको चितुवाको आक्रमणबाट मृत्यु

    आँगनमा खेलिरहेका बालकको चितुवाको आक्रमणबाट मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    अर्घाखाँची । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक बालको मृत्यु भएको छ । सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको हो ।

    गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको बिहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।



    चितुवाले घरभन्दा करिब एक किमी टाढा लगेर बालकलाई मारेको अवस्थामा स्थानीयवासीले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।



    भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत ती बालक मामाघर बस्दै आएका थिए। खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार