Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बलात्कार मुद्धा हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

    बलात्कार मुद्धा हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । राष्ट्रिय सभाका आठजना सांसदहरूले बलात्कार मुद्दामा हदम्याद हटाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता गराएका छन् ।

    सबै दल र स्वतन्त्र सांसदको समर्थनमा नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसद् सचिवालयमा शुक्रबार संकल्प प्रस्ताव दर्ता गराएकी हुन् ।



    समर्थकमा सांसदहरू विमला राई पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, विमला घिमिरे, मदनकुमारी शाह ९गरिमा०, शेखरकुमार सिंह, गंगाकुमारी बेल्वासे र तुलप्रसाद विश्वकर्मा छन् ।



    संकल्प प्रस्तावमा बाल यौन दुर्व्यवहारको कसुरमा सजायका लागि उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्था पूर्ण रूपमा हटाउनुपर्ने माग गरिएको छ ।

    साथै बालबालिकाबाहेक अन्यको हकमासमेत बलात्कारजस्तो जघन्य अपराधमा उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरवलोकन र पुनर्विचार गरी आवश्यक सशोधन गर्न माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार