Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाली राष्ट्रिय फुटबल टोली आज टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्दै

    नेपाली राष्ट्रिय फुटबल टोली आज टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्दै

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौँ। आज नेपाली राष्ट्रिय फुटबल टोलीले टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपालको खेल  दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपाली समय अनुसार राति ९ः ४५ बजे सुरु हुनेछ ।

    एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । सोहीअनुसार पहिलो खेलमा टिमोर लिस्टेसँग खेल्न लागेको हो ।



    नेपालले जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ । नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जानेछ ।छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ ।



    नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार