Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एएफसी एसियन कप : दक्षिण कोरिया र जोर्डन सेमिफाइनलमा प्रवेश

    एएफसी एसियन कप : दक्षिण कोरिया र जोर्डन सेमिफाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 384
    SHARES

    काठमाडौं । एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया र जोर्डन सेमिफाइनलमा पुगेका छन् ।

    गएराति भएको खेलमा दक्षिण कोरियाले अष्ट्रेलियालाई २–१ गोलले र जोर्डनले ताजकिस्तानलाई १–० गोलले हरायो ।



    खेलको पहिलो हाफमा अष्ट्रेलियाले गुडविनको गोलमा अग्रता बनाएको थियो । तर दक्षिण कोरियाले खेलको इन्जुरी समयमा पेनाल्टी पायो । ह्वांग हि–चानले पेनाल्टीमा गोल गरेपछि खेल बराबरी भयो ।



    अतिरिक्त समयमा कप्तान सन ह्यूङ मिनले फ्रिकिकमा गोल गरेपछि दक्षिण कोरिया विजयी भयो ।

    दक्षिण कोरियाले अब सेमिफाइनलमा जोर्डनसँग खेल्नेछ । जोर्डन इतिहासमा पहिलो पटक एसियन कपको सेमिफाइनलमा पुगेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार