Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जोर्डनलाई हराउँदै घरेलु टोली कतारले जित्यो एसियन कपको उपाधि

    जोर्डनलाई हराउँदै घरेलु टोली कतारले जित्यो एसियन कपको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 483
    SHARES

    काठमाडौं । एएफसी एसियन कप फुटबलको उपाधि घरेलु टोली कतारले हात पारेको छ ।

    योसँगै कतार लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।



    गएराति भएको फाइनलमा जोर्डनलाई ३–१ गोलले हराउँदै कतारले उपाधि जित्यो । कतारका लागि अक्रम अफिफले ह्याट्रिक गरे ।



    उनले सबै गोल पेनाल्टीमा गरेका हुन् । जोर्डनका लागि यजान अल–नैमातले एक गोल फर्काए ।

    यसअघि कतारले सन् २०१९ मा जापानलाई ३–१ गोलले हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार