Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कतार एसियन कपको अन्तिम १६ मा

    कतार एसियन कपको अन्तिम १६ मा

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 531
    SHARES

    काठमाडौं । लगातार दोस्रो जित हासिल गर्दै कतार एएफसी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ।

    बुधबार राति घरेलु भूमिमा भएको प्रतिस्पर्धामा १० खेलाडीमा सीमित ताजिकिस्तानलाई १–० ले हराउँदै कतार लगातार २ खेलमा विजय प्राप्त गरेको हो ।



    अल बायत स्टेडियममा भएको खेलमा कतारका लागि अक्रम अफिफले एक मात्र गोल गरे । उनले १७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । दुई खेलबाट कतारको ६ अंकसहित शीर्ष स्थानमा छ ।



    कतारले अब समूहको अन्तिम खेलमा चीनसँग खेल्नेछ । एसियन कपमा २४ टोली सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार