Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कान्छा लामाको हत्यामा संलग्न फरार वाईबा पक्राउ

    कान्छा लामाको हत्यामा संलग्न फरार वाईबा पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । हत्यामा संलग्न रही फरार भएका व्यक्ती पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा मकवानपुर फापरबारीका ४१ बर्षीय दिपक लामा वाईबा रहेका छन् ।



    गत बैशाख २८ गते सिन्धुपाल्चोक घर भएका ३५ बर्षीय जिवन भन्ने कान्छा लामा तामाङको हत्यामा संलग्न वाईबालाई मंगलबार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाण्डौको कलंकीबाट पक्राउ गरेको हो ।



    तामाङको शब काठमाडौंको नयाँबजार स्थित विष्णुमती खोलामा भेटिएको थियो ।

    हत्यामा संलग्न अन्य ठोकर कान्छा भन्ने कान्छामान ठोकर र गायत्री नगरकोटीलाई यस अघिनै नियन्त्रणमा लिइएको छ ।

    उनिहरुकै बयानका आधारमा वाईबालाई पक्राउ गरि आवश्यक कानुनी कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौं, टेकु पठाईएको पराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार