Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चितुवाको आक्रमणबाट प्रहरीसहित तीन घाइते

    चितुवाको आक्रमणबाट प्रहरीसहित तीन घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    गोरखा । चितुवाको आक्रमणबाट एक प्रहरी हवल्दारसहित तीन जना घाइते भएका छन् ।

    मंगलबार साँझ पालुङटार नगरपालिका–४ रानीटार स्थित मकैबारीमा काम गरिरहेका ४४ वर्षीय केशरबहादुर नेपाली र १६ वर्षीय अभिषेक भण्डारीलाई चितुवाले आक्रमण गरेको हो ।



    चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।



    घटनास्थल पुगेका प्रहरी सहायक हवल्दार सुनिल रायमाझीलाई पनि पछाडिबाट आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    स्थानीय स्वास्थ्य संस्थामा उपचार भएका तीन जनाको अवस्था भने सामान्य रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार