Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भारतमा तालिम नलिएका व्यक्तिले विमान अवतरण गरेपछि…

    भारतमा तालिम नलिएका व्यक्तिले विमान अवतरण गरेपछि…

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 1.9K
    SHARES

    एजेन्सी । उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले भारी रकम जरिवाना तिर्नुपरेको छ ।

    नागरिक उड्डयन महानिर्देशनालय (डिजिसीए) ले सुरक्षा नियम उल्लङ्घन गरेकामा निजी वायुसेवा कम्पनी एयर विस्तारालाई रु १० लाख जरिवाना गरेको हो ।



    एयर विस्तारालाई नागरिक उड्डयन निगरानीमा राखिएको डिजिसीएका अधिकारीले बताएका छन् ।



    उडान र अवतरणको तालिम नलिएका एकजना सहचालकले हालै मध्यप्रदेश राज्यको इन्दौर विमानस्थलमा विमान अवतरण गराएका थिए ।

    यात्रीका जीवनलाई जोखिममा पार्ने गम्भीर उल्लङ्घन विमान कम्पनीले गरेकामा उक्त रकम जरिवाना गरिएको नियामक निकायका अधिकारीले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार