Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सैनिक विमान ठोक्किँदा दुईजना चालकको मृत्यु

    सैनिक विमान ठोक्किँदा दुईजना चालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 489
    SHARES

    एजेन्सी । इटालिको वायुसेनाका दुई विमान मध्य आकाशमा ठोक्किँदा दुवै विमानका चालकको मृत्यु भएको छ ।

    अभ्यास उडानमा रहेका दुवै विमानका चालकको मृत्यु भएको प्रधानमन्त्री जर्जिया मेलोनीले बताएका छन् ।



    रोमको उत्तरपश्चिमा भएको उक्त दुर्घटनाको कारणबारे तत्काल जानकारी प्राप्त नभएको वायु सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।



    प्रधानमन्त्रीले विमान चालकका परिवार र वायुसेनाका सदस्यहरूप्रति समवेदना व्यक्त गरेका छन् । दुर्घटनाग्रस्त विमान एकल इन्जिनयुक्त हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार