Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जापान एयरलाइन्स दुर्घटनामा चालक दलका ५ सदस्यको मृत्यु

    जापान एयरलाइन्स दुर्घटनामा चालक दलका ५ सदस्यको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 630
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । मङ्गलवार टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा लागेको आगोबाट ५ जनाको ज्यान गएको छ ।

    विमानमा तीन सय ७९ यात्रुहरू रहेका थिए । उनीहरूलाई मङ्गलवार नै विमानबाट बाहिर निकालिएको थियो । जापान कोस्ट गार्डको विमानमा सवार ६ जना चालक दलका सदस्यमध्ये पाँच जनाको मृत्यु भएको पुष्टि भएको हो ।



    पहिला नै भाग्न सफल भएका क्याप्टेन भने गम्भीर घाइते भएका छन् ।



    कोस्ट गार्डका प्रवक्ता योशिनोरी यानागिशिमाले यसअघि जापान एयरलाइन्सको विमान र यसको उडान एमए–७२२, बम्बार्डियर ड्यास–८ बिच ठोक्किएको पुष्टि गरेका थिए ।

    आपसमा ठोक्किएसँगै दुवै विमानमा आगो लागेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार