Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कैलालीमा जुवा खालबाट नगद ८६ हजारसहित पाँच जना पक्राउ

    कैलालीमा जुवा खालबाट नगद ८६ हजारसहित पाँच जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 1K
    SHARES

    कैलाली । धनगढीमा तास खेलिरहेका जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका १ स्थित बसन्त टोलबाट जुवा खेलिरहेका पाँच जनालाई प्रकाउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सो ठाउँका ४० वर्षीय दिपु श्रीमालको घरमा जुवातास खेलिरहेको भन्ने विषेश सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।



    प्रकाउ पर्नेमा डोटी दिपायल सिलगढी ६ घर भएका हाल धनगढी ३ बस्ने तेजबहादुर बोगटी, धनगढी १ बस्ने धनबहादुर खड्का, धनगढी १ बस्ने वर्ष रमेश श्रीमाल, धनगढी ७ बस्ने रामकृष्ण राना र धनगढी ७ बस्ने शान्तराम चौधरी रहेका छन् ।



    उनीहरुको साथबाट नगद ८६ हजार बरामद पनि गरेको कैलाली प्रहरीले जनाएको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार