Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महानगरको फोहोर व्यवस्थापनबारे काठमाडौंका मेयर साह र मन्त्री झाँक्रीबीच पुनः छलफल

    महानगरको फोहोर व्यवस्थापनबारे काठमाडौंका मेयर साह र मन्त्री झाँक्रीबीच पुनः छलफल

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 915
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थानपनबारे शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग पुनः छलफल गरेका छन् ।

    बन्चरेडाँडामा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा शनिबार मन्त्री झाँक्री र मेयर साहबीच छलफल भएको हो ।छलफलका क्रममा मन्त्री झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साईटको ’सेल वान’मा फोहोर फाल्न सकिने गरी निर्माण भइसकेकोले फोहोर व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने बताइन् ।



    उनले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटबारे मन्त्रालयले गरेको प्रतिबद्धता पुरा गर्ने समेत वचन दिइन् । मन्त्री झाँक्री र महानगर प्रमुख साहबीच बन्चरेडाँडामा फोहोरको वैज्ञानिक व्यवस्थापनबारे समेत छलफल भएको थियो ।



    काठमाडौंको फोहोर व्यवस्थापन आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउँदै मन्त्रालयलाई समन्वय गरिदिन महानगर प्रमुख साहले आग्रह गरे । छलफलमा उपमेयर सुनिता डंगोलको समेत सहभागिता थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार