Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जघन्य अपराधको सफल अनुसन्धान गर्न आईजीपीको निर्देशन

    जघन्य अपराधको सफल अनुसन्धान गर्न आईजीपीको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी ) धिरज प्रताप सिंहले जघन्य अपराधको सफल अनुसन्धान गर्न निर्देशन दिएका छन्।

    आईजीपी सिंहले तस्करी एवम् अवाञ्छित गतिविधि नियन्त्रण, घरेलु हिंसा न्यूनिकरण तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रणमा विशेष सक्रियता अपनाई प्रहरी कर्मचारीहरूले आफूलाई सुम्पिएको जिम्मेवारी वहन गर्नुपर्ने बताए ।



    प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् आइतबार आयोजित कार्यक्रममा आईजीपी सिंहले मधेश प्रदेश प्रहरी कार्यालय एवम् प्रदेश मातहत जिल्लाका जिल्ला प्रहरी कार्यालयहरू, ट्राफिक प्रहरी कार्यालय एवम् तालिम केन्द्रका प्रमुखहरूलाई निर्देशन दिएका हुन ।



    जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आर्थिक पारदर्शिताको नीतिलाई अवलम्बन गरी आफूलाई सुम्पिएको जिम्मेवारीलाई आफ्नो नेतृत्व विकासको अवसरका रूपमा लिएर कार्यसम्पादन गर्नुपमा उनले जोड दिए ।

    सिमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी नियन्त्रण, भन्सार छलिको सामन बरामद राजश्व वृद्धि एवम् प्राकृतिक स्रोतको दोहन लगायत आपराधिक गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउन थप क्रियाशील हुन निर्देशन दिँदै आईजीपी सिंहलेआगामी दिनमा आउन सक्ने चुनौतिहरूको बिश्लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई आगाडि बढ्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार