Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मेसी चम्किदा अर्जेन्टिनाको शानदार जीत, मेसी एक्लैले गरे पाँच गोल

    मेसी चम्किदा अर्जेन्टिनाको शानदार जीत, मेसी एक्लैले गरे पाँच गोल

    अनलाइन नेपाल
  • सोमबार, २३ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । लियोनल मेसीको सानदार प्रदर्शनमा अर्जेन्टिनाले एस्टोनियालाई पराजित गरेको छ । आइतबार राति एस्टोनियासँगको मैत्रीपूर्ण खेलमा मेसी एक्लैले पाँच गोल गरेपछि अर्जेन्टिनाले ५-० को फराकिलो जित निकालेको हो ।

    खेलको ८ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका मेसीले ४५ औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए।



    दोस्रो हाफको सुरूमै ह्याट्रिक पुरा गरेका मेसीले ७१ औं मिनेटमा चौथो र ७६ औं मिनेटमा पाँचौ गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए।



    मेसीले राष्ट्रिय टोलीबाट एउटै खेलमा पाँच गोल गरेको यो पहिलो पटक हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार