Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मेस्सी बिना नै अर्जेन्टिनाको सहज जित, बोलिभिया पराजित

    मेस्सी बिना नै अर्जेन्टिनाको सहज जित, बोलिभिया पराजित

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 1.3K
    SHARES

    एजेन्सी । कप्तान लियोनेल मेस्सी बिना पनि अर्जेन्टिनाले विश्वकप छनोट खेलमा बोलिभियामाथि सहज जित निकालेको छ ।

    मंगलबार भएको खेलमा अर्जेन्टिना ३–० गोलले विजयी भएको हो । अर्जेन्टिनाको जितमा एन्जो फर्नान्डेज, निकोलास टाग्लिफिको र निकोलास गोन्जालेज एक एक गोल गरे ।



    सात पटकका बालोन डी’ओर विजेता मेस्सीलाई यो खेलमा आराम दिइएको थियो ।



    गत जुलाईमा डेभिड बेकह्यामको इन्टर मियामीमा आबद्ध भएपछि मेस्सीले लगातार खेलहरू खेलिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार