Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • विश्वकप विजेता अर्जेन्टिनालाई फिफाले गर्‍यो कारबाही

    विश्वकप विजेता अर्जेन्टिनालाई फिफाले गर्‍यो कारबाही

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 993
    SHARES

    एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले कतारमा हालै सम्पन्न विश्वकपको विजेता अर्जेन्टिनालाई कारबाही गर्ने भएको छ ।

    विश्वकप फाइनलका क्रममा अर्जेन्टिनाले देखाएको अपमानजनक व्यवहार र फेयर प्लेको नियम उल्लघंन गरेको आरोपमा अनुशासनको कारबाही गर्ने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले घोषणा गरेको हो ।



    फिफाले अर्जेन्टिनाले केही खेलाडी र अधिकारीहरुले दुर्व्यवहार गरेको उल्लेख छ । अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै ३६ वर्षपछि विश्वकपको उपाधि जितेको थियो ।



    फिफाले अर्जेन्टिनी फुटबल संघले विश्वकपको समयमा मिडिया र मार्केटिङका नियम पनि उल्लंघन गरेको आरोप लगाएको छ । फिफाले कारबाही गर्ने घोषणा गरे पनि टोलीका कुन सदस्यलाई कुन अपराधमा भन्ने कुरा प्रस्टाएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार