Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मेस्सीको ह्याट्रिकमा अर्जेन्टिना विजयी

    मेस्सीको ह्याट्रिकमा अर्जेन्टिना विजयी

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 564
    SHARES

    एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुराकाओविरुद्ध विश्वविजेता अर्जेन्टिनाले ७–० को फराकिलो जित निकालेको छ ।

    आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गरे । त्यस्तै, निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले एक/एक गोल थपे ।



    योसँगै उनी अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोल पूरा गर्ने तेस्रो खेलाडी बनेका छन् । मेस्सीले अहिलेसम्म १०२ गोल गरेका छन् ।



    उनीभन्दा अगाडि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इरानका अली दाई रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार