Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मलाई मन्त्री बन्ने लोभ छैन, अन्य नेताहरूलाई पालो दिन तयार छु : मन्त्री आले

    मलाई मन्त्री बन्ने लोभ छैन, अन्य नेताहरूलाई पालो दिन तयार छु : मन्त्री आले

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 963
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेताहरू आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन् ।

    पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरू आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका हुन् ।



    उनले आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै अन्य नेताहरूलाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरे ।



    मन्त्री आलेले पार्टीका केही नेताहरूले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तरवार्ता दिइरहेकोप्रति आपत्ति जनाए ।

    मन्त्री आलेले आफू मन्त्री रहुन्जेल देश र जनताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

    उनले भने ‘मैले मेरो पार्टीको आदरणीय नेता माधवकुमार नेपाललाई मन्त्रीमण्डल निर्माण गर्दा ६ महिनाको लागि हामीलाई तोकिएको थियो । मैले त्यही बेला भनेको थिएँ, हामीले त आठ महिना खान पायौँ । दुई महिना त ग्रेसपार्क पाइसक्यो । अरू साथीहरूलाई मौका दिने तपाईंको इच्छा छ भने दिनुहोस् म खुसी छु भनेर मैले सहमति पनि दिएको हो । तर हाम्रै पार्टी भित्रका केही चिप्ले चोरहरूरचिप्ले किराहरू आलेले धरै चलखेल गर्‍यो भनेर इन्टरभ्यू दिइरहेका छन् । मलाई कुनै मन्त्रीको लोभ छैन । म जति दिन, जति समय, यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुरिने गरी काम गर्दछु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार