Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नेसन्स लिग : बेल्जियमले पोल्याण्डको पोष्टमा गर्‍यो आधा दर्जन गोल

    नेसन्स लिग : बेल्जियमले पोल्याण्डको पोष्टमा गर्‍यो आधा दर्जन गोल

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 705
    SHARES

    एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ए ग्रुप ४ को खेलमा बेल्जियम विजयी भएको छ । बुधबार राति भएको खेलमा बेल्जियमले पोल्याण्डलाई ६-१ ले पराजित गरेको हो ।

    बेल्जियमको जितमा लिन्द्रो ट्रोसार्डले दुई तथा एलेक्स विसल, केभिन डे ब्रुएन, लिन्डर डेनडोनकर र लोइस ओपेन्डाले एक एक गोल गरे ।



    यसअघि खेलको २८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।



    यस जितसँगै वेल्जियमले २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित पोल्याण्ड २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार