Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • क्रोएसियालाई हराउँदै स्पेनले जित्यो नेसन्स लिगको उपाधि

    क्रोएसियालाई हराउँदै स्पेनले जित्यो नेसन्स लिगको उपाधि

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 813
    SHARES

    एजेन्सी । यूईएफए नेसन्स लिगको उपाधि स्पेनले जितेको छ । गएराति भएको खेलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पेनले पहिलो पटक उपाधि जितेको हो । ​

    रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा निर्धारित र अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो ।



    चिरपरिचित प्रतिद्वन्द्वी दुवै टोलीले गोल गर्ने अवसर पाए पनि गोल हुन सकेन । पेनाल्टीमा स्पेनका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै क्रोएसियालाई ५-४ ले स्तब्ध बनाए । ​



    नेसन्स लिगको यो तेस्रो संस्करण हो । यसअघि २०१९ मा पोर्चुगलले पहिलो संस्करण जितेको थियो भने २०२१ मा फ्रान्सले दोस्रो संस्करण जितेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार