Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • युइएफए नेसन्स लिग : पोर्चुगललाई हराउँदै स्पेन फाइनल फोरमा

    युइएफए नेसन्स लिग : पोर्चुगललाई हराउँदै स्पेन फाइनल फोरमा

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 738
    SHARES

    एजेन्सी । स्पेन युइएफए नेसन्स लिगको फाइनल फोरमा पुगेको छ ।

    गएराति भएको समूहको अन्तिम खेलमा पोर्चुगललाई १–० ले हराउँदै स्पेन फाइनल फोरमा पुगेको हो । स्पेनको जितमा अल्भारो मोराटाले निर्णायक गोल गरे।



    यो जितसँगै स्पेन नेसन्स लिग ए ग्रुप २ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रह्यो। पराजित पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा रहँदा स्वीट्जरल्यान्डले ९ तथा चेक रिपब्लिकले ४ अंक जोड्यो।



    यसअघि क्रोएसिया, नेदरल्यान्ड्स र इटालीले फाइनल फोरमा स्थान पक्का गरिसकेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार